घोराही असोज ४ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–९, गुकाली डाँडामा रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका–९ का २५ वर्षीय मनोज विक र घोराही–५ धर्नाका २५ वर्षीया दिपक विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए। उनका अनुसार दुर्घटना गएराति साढे ११ बजे भएको  थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति १२ बजे नै मृत्यु भएको डिएसपी शाहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here