भदौ ३१, कोशी नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रमा बाढी र डुवानको खतरा बढेको छ ।सप्तकोशी नदीमा पानीको शतहले समान्यभन्दा बढेर ६.२२ मिटर पुगेको शाखाले जनाएको छ । कोशी नदीमा पानीको शतह ६ मिटरभन्दा माथी पुगेमा सतर्कता तह पार गरेको मानिन्छ । पानीको सतहले ७ मिटर पार गरेमा खतरापूर्ण मानिन्छ ।शाखाका अनुसार कोशी नदीको चतरामा जलसतहले सतर्कता पार गरिसकेको छ । चतरा क्षेत्रमा जल सतह बढ्दा सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा डुवान तथा बाढीको खतरा बढेको शाखाले जनाएको छ ।शाखाका अनुसार पहाडी क्षेत्रमा वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने संभावना छ । बाढी पूर्वानुमान शाखाले मंगलबार बेलुकीसम्म उच्च सतर्कता अपनाउन कोशी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।बाढी पूर्वानुमान शाखाका अनुसार मंगलबार बिहानसम्म कोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जनता समाचार