हेटौंडा , भदौ २० । सर्लाही सुमो सेवाबाट काठमाडौं जानको लागि सर्लाहीबाट १२ जना यात्रु बोकेर ना१ज ३६४० सुमो शुक्रबार भीमफेदीको उकालो लाग्दै थियो। भीमफेदीको केही उकालो छिचोलेर सुमो जब भीमफेदी ६ जुरिखेतमा पुग्यो सुमोको टायरेट फुत्कियो र सुमो सडकबाट करिब ५० मिटर तल खस्यो । सुमो खस्दा भीमफेदीमा दु:खद दुर्घना हुन पुग्यो। दुर्घटनामा परी रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझीले कलिलै ज्यान गुमाइन। उपचारको लागि ल्याउँदाल्याउँदै महोत्तरी माइस्थान ६ बस्ने वर्षीय ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनीको पनि ज्यान गयो। सुमोको प्राविधिक गडबडीको कारण ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन्। घाइतेको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
थाहा खबर