रौतहट, ३ साउन ।
असार २८ गते आएको विनाशकारी बाढीबाट पिडित भएका यमुनामाई गाउपालिकाका पिडितहरुलाई मकवानपुरका एक संस्थाले ठूलै राहत पैकेज वितरण गरेका छन् ।
यमुनामाई गाउपालिका वडा नं. ४ का करिब २५० घरपरिवारलाई समुदायिक विकास केन्द्र मकवानपुरले उक्त राहत पैकेज वितरण गरेको हो ।
गाउपालिकाको कार्यालयमा बाढीपिडितहरुको लागि आएको राहत पैकेज संस्थाका पदाधिकारीहरुले गाउपालिका अध्यक्ष श्रीप्रसाद मुखिया, निमिति प्रमुख प्रशासकिय अधिकृत मोहमद समसाद आलम, वडा अध्यक्ष अश्विनी राय यादव लगायतको उपस्थितिमा वितरण गरेको हो ।
बाढीबाट प्रभावित भएका करिब ५ सय घरपरिवार रहेता पनि खास अवस्था नाजुक भएका २ सय ५० घर परिवारलाई संस्था चालम ३० केजी, दाल ३ केजी, पिठो १० केजी, चिउरा ५ केजी, प्याज ५ केजी, झुल १ थान, खानेतेल २ लिटर, नुन २ केजी, भटमास मस्यौरा २ केजी, नुहाउने साबुन २ थान, लुगाधुने साबुन २ थान, जिरा तथा अन्य मसलाहरु वितरण गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here