रौतहट, २ साउन ।
असार २८ गते आएको विनाशकारी बाढीपिडितहरुका लागि राहत खरिद गर्न गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले रकम नदिएको आरोप वडा नं. ४ का वडाअध्यक्ष भुवनेश्वर साहीले लगाएका छन् ।
आफनै वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष साहीले वडा नं.४ बाटै संकलित राजश्व रकम हाल वडाबासीहरु डुवानमा पर्दा राहत खरिदका लागि माँग गर्दा नगर प्रमुख र प्रशासकिय अधिकृतले नदिएको आरोप बताए ।
करिब ७ सय देखि ९ सय घर परिवार बाढीबाट प्रभावित भएको बेला गौर नगरपालिकाले जम्मा २ सयलाई पुग्ने गरि समान्य राहत उपलब्ध गराएको प्रति आपति जनाउदैं आफुहरुले आफना विकासे योजनाबाट कटौंती गरि सबै पिडितलाई राहत दिन समेत वडाअध्यक्ष शाहीले बताए ।
आफु भिन्न पार्टीं भएका कारण आफुलाई हरेक कार्यमा पछाडि पार्न खोजिएको र आफुलाई हरहिसावले जनतासामु मेयर गुप्ताले गिराउन खोजेको उनको आरोप रहेको छ ।
नगरपालिकामा हुने हरेक बैठकमा आफुहरु उपस्थितीमा मात्र सही गरि हिडने गरेको र निर्णय उनीहरु आफनै बहुमतले गर्ने गरेको उनले बताए ।
पटक पटक नेपाल सरकारले सरुवा गरेको कर्मचारीलाई विना कारण अनावश्यक राख्न खोज्ने तथा सरुवा भएका कर्मचारी पनि विना कारण बस्न खोज्नेले कहि नकहि नगरपालिका भित्र ठुल्लै चलखेल भई रहेको उनको दावी रहेको छ ।
गौर राइस मिल अधिग्रहणका लागि छुट्टयाईएको रकम नगरप्रमुखले राइस मिल अधिग्रहणकार्यमा खर्च नगरि पुनः वडाहरुमा विभाजन गरेको समेत उनले खुलासा गरे ।