रौतहट, १ साउन ।
रौतहटमा असार २८ गते आएको बाढीबाट ज्यान गुमाएका एक परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहटले राहत रकम प्रदान गरेको छ । बाढीको चपेटामा परि ज्यान गुमाएका राजपुर नगरपालिका वडा नं १ का सोनेलाल साह सोनारको श्रीमती रेनु देवीलाई बिपद कोषबाट प्रमुख जिल्ला अधिकारी किरण थापाले रु १ लाख नगद राहत प्रदान गरेको हुन् ।
रौतहटमा आएको बाढीबाट हाल सम्म मृत्यु हुनेको संख्या १० पुगेको र क्रमिकरुपमा सबैलाई राहत रकम हस्तारण गरिने प्रजिअ थापाले जानकारी दिनु भएको छ ।