गजल

–सीताराम राई

नियतीले गरिबीको लगाम लगाएर
जवानहरु खाडी खेद्छ लाम लगाएर

गल्ती गर्यौ अनि इमानदार पनि भयौ
काम तिम्रो अर्कैलाई बदनाम लगाएर

मालिक श्रमिकको ज्याला दिन मान्दैन
बिहानैदेखि साँझसम्म काम लगाएर

आफू अघि जान नसकेपछि मान्छेहरू
अरुलाई पनि रोक्दछ जाम लगाएर

किन्नेहरुको भीड देख्छु यो बजारमा
बेचिदेऊ जे जे बिक्छ सबै दाम लगाएर

हालः काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here