काठमाडौं,१६,साउन(रासस)  ।

संवैधानिक परिषद्को बैठक आज बस्दै छ। आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएकाे छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था भएपनि सरकारले त्यसको वेवास्ता गरेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। कार्कीको पदावधी सकिनु नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारीमा सरकार छ।वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई आज बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here