पर्सा १० बैशाख ।
वीरगन्ज साइकल क्लबले शुक्रबार सुरक्षाकर्मीलाईस्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालयलाई करिब ६० हजार रुपैया“ बराबरको पीपीई किट, सेनिटाइजर, मास्क, थर्मल गन, स्टीम वपुरीजर लगायतका सामग्री वितरण गरिएको क्लबका अध्यक्ष सन्जय अग्रवालले जनाए । अग्रवालका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सालाई ७ थान पीपीई किट, ४५ लिटर सेनिटाइजर, २ हजार पीस मास्क, ३० वटा स्टीम वपुरीजर, ४ थान थर्मल गन, २ सय एमएलका २० थान सेनिटाइजर प्रदान गरिएको हो । यसैगरि ट्राफिक प्रहरी कार्यालयलाई १० लिटर सेनिटाइजर, एक हजार पीस मास्क र २ सय एमएल सेनिटाइजर पा“च थान वितरण गरिएको अग्रवालले जनाए । कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मीलाई डिउटीको समयमा स्वास्थ्य सामग्री अभाव नहोस भन्ने उद्देश्यले वीरगन्ज साइकल क्लबले उक्त सामग्री वितरण गरेको अध्यक्ष सन्जय अग्रवालले बताए । स्वास्थ्य सामग्री वितरण समारोहमा क्लबका अनुप अग्रवाल, नुतन अग्रवाल, रितिक अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।







