जनकपुरधाम १३ माघ ।
अभियान आठै जिल्लाबाट प्रदेश सरकारले कोरोनाविरुद्धको खोप एकसाथ शुरु गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल, जनकपुरधाम र समाजिक विकास मन्त्री नवल किशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराज बाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभएको छ।प्रदेश नं. २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु भोलि सम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने निर्देशक झाले जानाकारी दिनुभएको छ।पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र पंतिमा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइ कर्मीलाई खोप दिने योजना रहेको झाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here