राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना हुने कोप २९ मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए ।सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here