tfKn]h'ª, @& kmfu'g M lnDa" ;d'bfosf] k/Dk/fut wfg gfr gfRb} tfKn]h'ªsf :yfgLo . wfg gfrn] ko{6g k|j{4gdf ;3fp k'¥ofpg] :yfgLo atfpF5g . t:jL/ M ;Gtf]if k's'{6L÷/f;;

फुङ्लिङ, १५ असोज |

विगतमा गाउँगाउँमा प्रसस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिकरूपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दता साथ नाचमा सरिक हुन्छन् ।लिम्बू जातिहरुको साँझा संस्थान याक्थुङचुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धान नाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नुभन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उहाँले भन्नुभयो, “धान नाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।”यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु बताउनुहुन्छ ।धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । पालाम बिटमै दर्जनौँं गीतको सङ्गीत गरेका सङ्गीतकार प्रेम पन्दाक भन्नुहुन्छ, “धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन् । अहिले धान नाच र पालाम दुबै खलाबाट लोप भएर जानु दुःखद् कुरा हो ।”

धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ ।मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसहरूले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा ।पूर्वका लिम्बू बाहूल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा यो नाच लोप हुनलागेको हो । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचीका कारण धान नाच पनि लोप हुनलागेको याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङ्लिवाले बताउनुभयो ।कङ्लिवाका अनुसार याक्थुङचुम्लुङ ताप्लेजुङले सङ्कटमा पर्दै गएपछि धान नाच कार्यक्रम गर्दै आएको छ । विभिन्न जात्रा महत्सव र विभिन्न पर्वमा धान नाच कार्यक्रम गर्दै आएको कङ्लिवाले बताउनुभयो । विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनःजागरणका काम गर्न जरुरी रहेको केरुङ बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here