२०७९ कात्तिक १५ गते। पर्सामा छठ घाटको नजिकै एक युवक मृत फेला परेका छन् ।

वीरगञ्जको घडीअर्वा पोखरी नजिकै पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान सवा उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here