साउन १६ गते ।

आगामी भदौ २५ देखि असोज ९ सम्म चीनको हाङझाउमा हुने तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो।एसियन देशका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको थियो। जसका कारण प्रतियोगिता स्थगित गरिएको हो।

प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ।एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो ।यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो।राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here