सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र खेल्ने तास आयातमा रोक लगाइएको हो ।सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन पनि छुट दिइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ ।कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि याे प्रतिबन्ध लागू नहुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here