रौतहट ३० असाेज । ६५ औं प्रहरी दिवसको अवसरमा रौतहटमा उत्कृष्ट काम गर्ने  १० जना प्रहरीलाई सम्मानित गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय गौरमा एक कार्यक्रमको आयोजना गरी रौतहटका सिडियो ईन्द्रदेव यादव र एसपी शिद्धीबिक्रम शाहले संयुक्तरुपमा उत्कृष्ट काम गरेका १० जना प्रहरीलाई नगद तथा प्रमाणपत्र सहीत सम्मानित गरेका हुन् । बिभागीय नीति अनुरुप रौतहट तथा अन्यत्र दरबन्दी भएका प्रहरी कर्मचारीले अपराधिक गतिविधी न्युनीकरण गर्न महत्वपुर्ण भूमिका खेलेका, कोभिड १९ फैलिन नदिन लकडाउन पालना गराउन भूमिका खेलेका १० जनालाई प्रहरी नियमावली २०७१ संसोधन सहितको परिक्षेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम अधिलेख जानिनेगरी पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत सई दिपककुमार गुप्तालाई एकहजार नगद तथा प्रमाणपत्र सहीत पुरस्कृत गरिएको छ । अन्य सम्मानित हुनेहरुमा प्रहरी हवलदार राजेश प्रसाद साह,दिनेश कुमार मण्डल,शर्मा कुमार कुर्मी,प्रमेशवर राय यादव,हरीन्दर कुमार साह रहेका छन ।
त्यसैगरी पुरष्कृत हुने प्रहरी जवानहरु नरेन्द्र प्रसाद चौरसिया, रोशन कुमार साह,ईमान सिंह गुरुगं,अजय कुमार यादव रहेका छन् । प्रहरी हवलदारहरुलाई ७ सय र जवानलाई ६ सयको दरले नगद सहित प्रमाणपत्र दिएर सम्मानित गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here