२५ कार्तिक ।

छातीमा मुड्की राख्दै भने, ‘हाम्रो नेपाललाई भारतले धकेल्दै आएको छ, हामी पनि खडा छौं, र’गत ब’गाउन तयार छौं।’ सीमास्तम्भहरू भत्केर जीर्ण भई नदीले बगाएर बेप’त्ता छन्। मुख्य १२ वटा जंगे पिलरसहित सप्तरीमा ४५० वटा सीमास्तम्भ हराएपछि सप्तरीबारी सजीव जंगे पिलर बनेका छन्। छिन्नमस्ता गाउँपालिका ४ का ७१ वर्षीय आनन्दी यादवले भने, ‘धेरै सीमा स्तम्भहरू हरायो, बगायो, कतिपय गायब पारियो तर हामीलाई पुरानो सीमा सबै थाहा छ।’ माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बलले पछि सार्दै आएको बताएका उनले छातीमा मुड्की राख्दै भने, ‘हाम्रो नेपाललाई भारतले धके’ल्दै आएको छ, हामी पनि खडा छौं, र’गत ब’गाउन तयार छौं।’यो उनले त्यसै भनेका होइनन्। दक्षिण सीमावर्ती क्षेत्रका नेपालीले सीमाको रक्षाका लागि र’गत ब’गाउँदै आएको इतिहास कोट्याउँदै यादवले थपे, ‘२५ वर्ष अघि सीमा मिचेको विरो’धमा उत्रिँदा लालापट्टीका किसुनदेव यादवको गोली लागेर मृत्यु भयो। सोही घटनामा धनपैत यादवको हातमा गोली लाग्यो, अरू पनि घा’इते भए।’ नेपाली सीमामा आएर गोली प्रहार गरेर ह’त्या गरेको आ’रोपमा धेरै पछि पक्राउ परेका भारत बिहार सुपौल जिल्लाको कमलपुरका कैला यादव हाल राजविराज कारागारमा कैद छन्। सप्तरीमा पर्ने दसगजामै बनाएको सुरक्षा चेकपोस्ट र टहरा नेपालीको विरोधपछि ०७२ मंसिर १६ गते हटायो। साविक बेल्ही गाविस- ६ स्थित नेपाल-भारत सीमाको दसगजामा खडा भएको भारतीय सुरक्षा चेकपोस्टको दशगजामै गएर नेपालीले विरोध गरेपछि भारतीय सीमा सुरक्षा बल हटाउन बाध्यतीन वर्षअघि भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरीको तिलाठीका देवनारायण यादव, हर्षवद्र्धन कर्ण, सञ्जीव झा, रोशन झा, सुशील यादव र शंकरप्रसाद यादवलगायत घाइते भए। भारत बिहार सुपौल जिल्लाका कुनौलीवासीले घरखेत जोगाउने नाममा नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी २२३ नम्बरको मुख्य स्तम्भमै बाँध निर्माण गर्न थालेपछि रोक्न गएका तिलाठीवासीमाथि आक्र’मण भएको थियो।एकतर्फी ढंगले ०७३ साउन १३ गते खाँडो नदीमा निर्माण गरिरहेको बाँध तिलाठीवासीले भत्काएपछि आक्रम’णमा उत्रिएका भारतीयलाई र’गत ब’गाएर पनि नेपालीले पछि हट्न बाध्य बनायो। सप्तरी मात्र नभई बाँकेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध, कपिलवस्तुको महलीसागर, रूपन्देहीको रसियावल, खुर्द र लोटन, नवलपरासीको लिटिल गण्डक, रौतहटको बागमती-लालबकैया लगायतका बाँध तथा तटबन्धका कारण नेपाली सीमावर्ती बस्ती र खेती हरेक वर्षायाममा डुबानमा पर्दै आएका छन्।

राउत भन्छन्, ‘लालापट्टी गाउँलाई भारतले घेरेर निल्न खोजेकै हो तर हामी रहुञ्जेल सम्भव छैन।’
भारतले बनाएको बाँधका कारण डुबानको विरोधमा दक्षिणवर्ती सीमामा बसेका नेपालीले सीमाक्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। दसगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तर्राष्ट्रिय नियमविपरित भारतले सप्तरीमा पर्ने दसगजामै बनाएको सुरक्षा चेकपोस्ट र टहरा नेपालीको विरोधपछि ०७२ मंसिर १६ गते हटायो। साविक बेल्ही गाविस- ६ स्थित नेपाल-भारत सीमाको दसगजामा खडा भएको भारतीय सुरक्षा चेकपोस्टको दशगजामै गएर नेपालीले विरोध गरेपछि भारतीय सीमा सुरक्षा बल हटाउन बाध्य बन्यो। चेकपोष्ट भत्काउँदै एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकारे। स्थानीय ७३ वर्षीय बमभोलि राउतले आफूले हेर्दाहेर्दै भारतीय पक्षले पिलर सारेर नेपालको जमिन मिचेको दाबी गरे। हेर्दा हेर्दै त्रियुगा खोला पारी रहेको तीनकुने स्तम्भ र २२६ नम्बरको स्तम्भ उखेलेर नेपालतर्फ सारिएको उनको भनाइ छ। ‘भारतीय नागरिक राति आएर हाम्रो भागमा स्तम्भहरू गाड्थे, हामी दिउँसो उखेलेर पुरानै ठाउँमा राख्थ्यौं’, राउत भन्छन्, ‘लालापट्टी गाउँलाई भारतले घेरेर निल्न खोजेकै हो तर हामी रहुञ्जेल सम्भव छैन।’ यो खबर अन्नपुर्ण पोष्टमा मनोहर पाैडेलले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here