काठमाडौं,८,कात्तिक ।

त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here