काठमाडौं ५ पुस  ।

नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।  सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई
ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सम्मानित नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ
भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताउनु भयो । उहाँले संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताउनु भयो । उहाँले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरु संसदमा उठान पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो ।
सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here