मन्त्रालयले नै निजामति सेवा ऐन रोकिरहेको मन्त्री श्रेष्ठको आरोपसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताउनुभएको छ । आईतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले निजामति सेवा ऐन विधेयक आफ्नो मन्त्रालयबाट अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना बितिसकेको उल्लेख गर्दै अर्थ मन्त्रालय हुँदै अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गएर अड्किएको बताउनु भयो । कानून मन्त्रालयलाई कानूनअनुसार व्यवस्था मिलेको छ वा छैन भन्ने बारेमा मात्रै चासो दिन आग्रह गरेपनि त्यो अनुसार काम अघि बढ्न नसकेको उहाँको गुनासो छ ।

मन्त्री श्रेष्ठले बजेट भाषणमा आइसकेको विषय पनि अड्केको अड्कै
भएको उल्लेख गर्दै देशको ब्यूरोकेसीले किन यस्तो गरिरहेको छ भन्ने कुरा बुझ्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीनिमा सहमति जुटाउन जान्नुहुन्न भने समस्या नै आउँछ । त्यसकारण हरेक कुरामा कम्परमाइज गरेर भएपनि अघि बढौँ । राज्य व्यवस्था तथा सुशासन सिमितिबाट प्रश्तावित भएको ऐन जुन छ, त्यसलाई एकएक अक्षर पढेर अन्तिम रुप दियौँ । सबैको सहमतिमा त्यसलाई अघि बढाउने जमर्को ग¥यौं ।

ट्रेड युनियनको सन्दर्भमा पनि पुरानो जे व्यवस्था हो त्यो हुबहु आएको नै छ । मैले २ पटकसम्म विधेयक अघि बढाउन खोजेँ । विभिन्न कारणवश हुन सकेन । केही कुराहरु मिलाउन बाँकी छ भन्नुभएको थियो, मिलाउँछौँ त भनेका छौँ नि । तर विधेयकको रुपमा अघि बढेको २ महिना भइसक्यो हाम्रो मन्त्रालयबाट, त्यहाँबाट अर्थमा गयो, अर्थले पनि कति दिन अड्कायो, एउटा संघीय मामिला प्रशिक्षण प्रतिष्ठानका लागि ५ महिना विषयगत समितिमा अड्कायो । हामी कसरी अघि बढ्छौँ त ? बजेट भाषणमा आइसकेको विषय पनि अड्केको अड्कै छ । हाम्रो ब्यूरोकेसीले किन यस्तो गरिरहेको छ । राजनीतिक नेतृत्व किन अघि बढीरहेको छैन । मैले
तदारुकताका साथ दर्ता गरेर मात्रै त हुँदैन रहेछ ।

अर्थबाट कानूनमा जान समय लाग्यो, कानूनमा गइसकेपछि फेरि अहिले त्यहाँ पनि वहश शुरु भयो । मैले कानून मन्त्रालयलाई भने तपाईहरुको काम संविधानसम्मत छ कि छैन हेर्ने हो, बाँकी
राजनीतिक काम त हाम्रो मन्त्रालयले हेर्छ भनेको छु । त्यसो भन्दापनि
अहिलेसम्म त्यहाँबाट पठाइएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here