१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गर्नुभएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताउनु भयो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताउनु यो । उहाँले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here