जनकपुरधाम, २५,जेष्ठ ।

जनकपुरधाममा बालकको शव फेला परेको छ ।आइतबार जनकपुरधाम उपमहानगरपालिका २२ दुधमती नदीमा ६ वर्षीय बालकको शव हत्या गरेको अवस्थामा फेला परेको छ । बालकको शव पहिचान भइसकेको छ । सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजारमा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको शव फेला परेको हो । मृतक बालक गत जेठ १७ गतेदेखि बेपत्ता भएका थिए । परिवारको सम्पर्कमा राँकी नआएपछि भोलीपल्ट जिल्ला प्रहरी कार्यालय धनुषामा हराएको भन्दै खोजविनको लागि निवेदन दिएका थिए । परिवारजनले निवेदन दिएको सातदिनपछि बालकको शव हत्या गरिएको अवस्थामा बरामद भएको छ । बालकलाई हत्या गरी फालिएको प्रहरीको अशंका छ । मृतक बालकको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । मृतक बालकको परिवार विपन्न रहेको छन् । उनीहरु घुमन्ते जीवन बितार इरहेका छन् । जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here