रौतहट १७ माघ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई चिसोबाट बच्न रौतहटको माधवनारायण नगरपालिकामा न्यानो कपडा वितरण कार्य सम्पन्न भएको छ ।
माधवनारायण नगरपालिकाको आर्थिक सहयोग र गैर सरकारी संस्था अपाङ्ग विकाश नेपाल माधोपुरको आयोजनामा शुक्रवार नगरपालिकाको कार्यालय माधोपुरको प्रांगनमा सो कार्यक्रम सम्पन्न गरिएको हो । नगर भित्र बसोबास गर्ने अपाङ्गहरुलाई एक एक थान सिरक वितरण गरिएको छ ।
कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले नगर भित्र बसोबास गर्ने करिव तिन सय पच्चास जना अपाङ्गहरुलाई जाडोमा ओढने सिरक वितरण गरेका छन ।कार्यक्रममा उपप्रमुख सिमल कुमारी साहको समेत उपस्थिती रहेको थियो। गएको केहि दिन देखी चलिरहेको चिसो हावा र बाक्लो मात्रामा लाग्ने गरेको हुस्सुका कारण अत्याधिक मात्रामा चिसो बढेर अपाङ्गहरुलाई निकै समस्या हुन थालेपछि चिसोबाट जोगाउन आफुले नगरभित्रका सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण गरेको नगर प्रमुख विरेन्द्र यादवले बताएका छन ।सिरक वितरण कार्यक्रममा नगर उपप्रमुख सिमल कुमारी साह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, वडा नं ६ का वडा अध्यक्ष राजीव कुमार यादव लगाएत सुरक्षाकर्मी, पत्रकार सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।