रौतहट, ३ पौष ।
ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले बिहीबार अबेर राती चोरुीको गाडी सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
ईप्रकाबाट खटि गएको चेक जाँच टोलीले जिल्लाको गरुडा नगरपालिका वडा नं.५ झाझपुल स्थित गौर चपुर सडक खण्डमाबाट सवारी साधन चेक जाँच गर्ने क्रममा शिवनगर तर्फबाट गएको विआर ३० टी ४१५३ नम्बरको टीभीएस कम्पनीको च्यासिस नं. मेटिएको ईन्जिन नं. विइ४विएच २००१५२७ नं.को सेतो रंगको अपचे मोटर साइकललाई रोकी नियन्त्रणमा लिएका थिए ।
प्रहरीले मोटर साइकल चालक जिल्ला रौतहट गरुडा न.पा. वडा नं.३ मलाहीटोल बस्ने अवध किशोर सहनीको छोरा अन्दाजी बर्ष २६ को विवेक कुमार सहनी नाम थर वतन वताउँने संग सवारी दर्ता कार्ड माग गर्दा निजले देखाएको भारतिय सर्टिपिकेट रजिटेष्ण कार्डमा विआर३०टी ९१५३ नम्बर रही मोटर साइकल र कार्डको नम्बर फरक फरक देखिएकोले प्रारम्भिक अनुसन्धानबाट उक्त मोटर साइकल चोरी गरी ल्याएकोले प्रहरीले अनुसंधान थालेको थियो ।
पक्राउ गरिएको मोटर साइकल थप अनुसन्धान कार्वाहीको लागि रौतहट जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमती लिई निजलाई न्यायीक हिरासतमा राखी अनुसन्धान भई सरहेको समेत प्रहरीले इलाका प्रहरीले आफनो समाजिक संजाल फेसबुक मार्फत जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here