गुल्मी १ कार्तिक ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ७ टिमुरखर्कदेखि गिटी लोड गरी भनभने जाँदै गरेको लु ३ त ६८९६ नं को ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।

गम्भीर घाइते भएका भनभनेका ४५ वर्षीय नेत्रबहादुर घर्तीकोे उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

सोही दुर्घटनामा परी टाउकोमा चोट लागेर घाइते भएका नौ वर्षका आयुष घर्तीकोे तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक मदाने गाउँपालिका ७ बडाचौरका ४० वर्षीय लोकनाथ पन्थी प्रहरीको नियन्त्रणमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here