काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।आज राति भने कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ भने कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here