बाह्रखरी मिडियाले ‘एनसेल फर विजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ काठमाडौंमा गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै मिडियाले ’एनसेल फर विजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यस कार्यक्रममा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका स्वदेशी तथा विदेशी गरी करिब १२० जना गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
बाह्रखरी मिडियाले कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुरÞ्याउने उद्देश्यले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टको ‘कोर्ट यार्ड’मा सम्पन्न गर्ने पनि जानकारी दियो ।
संवादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।
आर्थिक परिसंवाद कार्यक्रममा नेपालका नीति निर्माण तहमा रहनुभएका उच्च अधिकारी, अर्थमन्त्रीज्यू, विभिन्न मन्त्रीज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा पदाधिकारीज्यूहरू, कर्पोरेट क्षेत्रका व्यक्तित्व, प्राध्यापक बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी, संघीय सांसद, प्रदेशसभा सदस्य, कन्टेन्ट क्रियटर’लगायत व्यक्तित्वको उपस्थिति रहनेछ ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका ’अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here