काठमाडौं,३, पुस ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोतिगामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो खेल जितेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीमाथि ८१ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कर्णालीको यो लगातार तेस्रो हार हो ।टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कविता जोशीको ७८ रन मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।तेस्रो नम्बरमा ब्याटिङमा आएकी कविताले ५० बलमा १० चौका र १ छक्का मद्दतमा ७८ रन बनाएकी थिइन् । यस्तै रेवती धामीले नट आउट २२ बनाइन् ।कर्णालीका अञ्जु गुरुङले २ तथा यमुना थारु र रश्मि खड्काले समान १ विकेट लिए ।जितका लागि १५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन मात्रै बनायो ।कर्णालीका लागि तिर्सना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । उनले ३५ बलमा ४ चौका प्रहार गरिन् । अन्जु गुरुङ तथा रश्मि खड्काले समान १० रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।सुदूरपश्चिमका रितु कनौजिया र जानकी थापाले समान ३ तथा कविता जोशीले २ र मनिषा चौधरीले १ विकेट लिइन् ।सुदूरपश्चिमले यसअघि एपीएफ क्लबसँग ९ विकेटले पराजित भएको थियो भने लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।कर्णाली प्रदेश यसअघि कोशी प्रदेशसँग १० विकेटले र गण्डकीसँग ४४ रनले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here