धनुषा, १७ फाल्गुन ।

फागुन ८ गते सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रममा आज धनुषाधाम आइपुग्दै छ । हिजो मंगलबार महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतामा आएर रात्रि विश्राम गरेका परिक्रममा यात्री आज बिहानैदेखि धनुषाधामका लागि प्रस्थान गरेका हुन् ।
धनुष मन्दिरमा पूजाअर्चना गरेर आज रात्री विश्राम गरेपछि भोलि बिहान सतोषरको लागि परिक्रममा प्रस्थान हुन्छ ।

मिथिला विहारी  भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।

जनकपुरधाम मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व मनाउन थालिएको हो ।
परिक्रममा सहभागी हजारौं साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए ।
यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको शुभारम्भ हुनेछ ।
तत्कालीन समयमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।
मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् । परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन् ।
धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कल्याणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here