पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश त्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका रविले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here