१९ माघ २०७९,काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी रहेको छ ।

बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालयम जारी बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको छ ।सरकारको विषयका साथै समसामयिक विषयमा बैठकमा छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

रास्वपाका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ । यसका साथै अब सरकारमै रहिरहने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here