१९ माघ,  काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ ।

दुबईबाट गएराति १२ बजे काठमाडौं आएका क्यानेडियन नागरिक ३५ वर्षीय मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो । उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here