रौतहट ,, १५ माघ /

रौतहट जिल्लाको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको घुइचो लागेको छ । मेला एक महिनासम्म लाग्ने छ ।मेलामा भारतबाट समेत मानिसहरु समान हेर्न र खरिद गर्न आउने गर्छन् ।

बर्सेनि लाग्ने फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका सोफा , दराज, कुर्सी, पलङ, टेबल , फलामका कृषि औजार तथा काठ बिभिन किसिमका फर्निचको सामानहरु राखिएको छ ।एक सातादेखि नै ब्यापारीहरु आफ्नो उद्योगमा बनाइएका समानहरु राखेर बसेका थिए । मेलामा सर्वसाधारणको आकर्षण बढेको शिवनगरका समाजसेवी लालबाबु गिरिले बताए । ‘एक दशक बढीदेखि फर्निचर मेला लाग्दै आएको छ,’ उनले भने, ‘मधेस प्रदेशकै ठूलो मेलाले जिल्लाको शान बढाएको छ । मेलाको रौनक बेग्लै छ ।’मेलामा सर्लाही, बारा र रौतहटका फर्निचर व्यावसायीहरु आउने गर्छन् ।

मुख्यगरी मेलामा काठबाट गाउँघरको काठ, प्लाईवुडको प्रयोगले बनेका अधिकांश फर्निचर बजारको तुलनामा मेलामा निकै सस्तो मूल्यमा प्रदान गरिने व्यवसायीको भनाइ छ । मेलाका फर्निचरहरु जनकपुर, पोखरा, काठमाडौ, वीरगंज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीय समेत फर्निचर खरिद गरेर लैजाने गरेको स्थानिय ब्यापारी रामभरोसा साहले बताए ।

‘नेपालका साथै भारतीयहरु समेत आकर्षक फर्निचरका समानहरु खरिद गरि लैजान्छन्,’ उनले भने, ‘बजारका सोरुममा राखिएका फर्निचरभन्दा मेलामा निकै सस्तो मूल्यमा पाइन्छ, त्यसकारण भीड लाग्ने गरेको छ ’ मेलामा करिब २ करोडको कारोबार हुने व्यापारीको दाबी छ । मेलामा रौतहट लगायत बारा, पर्सा र सर्लाहीका लोहार जातिले फर्निचरका समान बनाएर ल्याएका छन् । मेलामा २ सय बढी व्यापारीहरु सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here