काठमाडौं २४ असोज  ।

नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो । पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशबिरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रश्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले लक्ष्य पछ्याउने क्रममा १०.२ ओभरमा १७ रन बनाउँदा वर्षा बाधक बनेको थियो । खराब प्रदर्शन गरेको कर्णाली फराकिलो हारोन्मुख रहँदा वर्षा भएपछि खेलको निर्णय डिएल मेथडका आधारमा लिइएको थियो । त्यसअघि पोखरा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले १६–१६ रन बनाएका थिए । त्यस्तै रेवती धामीले १४ रन बनाइन् भने कर्णाली प्रदेशले अतिरिक्त १८ रन दिएको थियो । नवौं राष्ट्रिय खेलकद प्रतियोगितामा आजको दोस्रो खेल भने रद्ध भएको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशबीचको खेल निरन्तरको वर्षाको कारण रद्ध भएको हो । टस समेत नभई खेल रद्ध भएपछि दुवै टोलीले १÷१ अंक बाडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here