sf7df8f}F, !) j}zfv . lgjf{rg cfof]uåf/f :yfgLo lgjf{rgsf] pd]bjf/L dgf]gogsf] k"j{ ;GWofdf cfof]usf] sfof{nodf kqsf/ ;Dd]ng u/L lgjf{rgsf] k|lqmofsf] ck8]6 af/] kqsf/nfO{ hfgsf/L k|bfg ug]{ qmddf cfof]usf k|d'v lgjf{rg cfo'Qm lbg]zs'df/ yklnof . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं,१०,साउन  ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च अलग्गै छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ । आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो । ०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here