रौतहट ।
गुजरा नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० को लागि झण्डै ५८ करोडको बजेट बिनियोजन गर्दै बिहीबार सिम्राभवानिपुर स्थित गुजरा नगरपालिकाको सभाकक्षमा सातौं नगरसभा सम्पन्न गरेको छ ।
प्रस्तुत नगरसभामा अगामी आर्थिक बर्षमा गुजरा नगरपालिकाले शिक्षा, कृषि, स्वास्थ्य तथा भौतिक पुर्वाधारलाई बिशेष प्राथमिकतामा राखिएको हो। उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा गुजराका मेयर सन्तलाल चौधरीले नगरसभा लाई सम्बोधन गर्दै नगरमा बाख्रापालन लाई बढावा दिने, प्रहरी चौकी मर्मत,विपन्न परिवारलाई विधुत निस्शुल्क,निस्शुल्क स्वास्थ्य बिमा ,चोरी चकारी नियन्त्रण गर्न संवेदनशील ठाउँ ठाउँमा सिसि कैमरा जडान गर्ने बताउनु भयो । त्यसैगरी ट्राफिक दुर्घटना न्यूनीकरण गर्न जनचेतना मुलुक कार्यक्रम तथा होर्डिङ्ग बोर्ड जडान गर्ने , नगर भित्रको ५ जना महिला लाई ५०५ अनुदानमा अटो रिक्सा परिक्षणको रूपमा उपलब्ध गराउने, कर्मचारीलाई पोशाक लगाउन अनिवार्य गरिने मेयर चौधरीले बताउनु भयो ।
वडा १ अध्यक्ष रामजित चौधरी ७ करोडको आवश्यकता ७० लाख छुट्याइएकोमा बढाउन आग्रह गर्नु भयो। वडा , २ का अध्यक्ष अशोक खां थारुले बर्थिङ सेन्टर संचालन र एम्बुलेन्स हस्तान्तरण माग गर्नु भयो । उहाँले खेलकुद शिक्षा,भुमिहिन ब्यवस्थापन मिटिङहल निर्माण ,प्रहरी चौकी स्थापना ,नाला र पिछ निर्माण ,नहरको बाटो निर्माण ,अटो ब्यवस्थापनको लागि ध्यानाकर्षण गराउनु भयो। वडा ,७ का अध्यक्ष अब्दुल काजीले बृद्वाभता,बालपोषण भता सहज बनाउन माग गर्नु भयो । वडा ५ का अध्यक्ष जमालुदिनले रोटि,कपडा घर,उपचार ,शिक्षामा ध्यान दिन र गुजरालाई नम्बर १ बनाई गरिबी हटाउन बिचार राख्नु भयो । वडा ९ का अध्यक्ष प्रेम चौधरीले सबै जनप्रतिनिधि कांधमा कांध मिलाएर अगाडि बढ्नुपर्ने ,शिक्षाको विकासबाट गुजराको विकास,बिउबिजन सिचाइ अनुदानमा,कृषि तथा पशु प्राबिधिक,शीत भण्डार,रोजगार,फलफूलको निशुल्क बिरुवा,बजारीकरण,पशु बजार ,सहुलियत कर्जा,कम्पनी संग समन्वय गरि टेक्नोलोजीमा अगाडि,संध्याकालिन ट्युसन,स्वास्थ बिमा,निशुल्क एम्बुलेन्स ,सेफ्टी ट्याङ्की सफाइ , फुलमती कुश्वार,मैढा स्कुल ,बिधुत,राष्ट्रपति बाट आएको बजेत,महिला समस्या समाधान गर्न,स्वास्थ उपचार,वडा सचिव नियमित सेवाको माग गर्नु भयो । नगरसभाको संचालन गर्दै नगर प्रवक्ता बिजय साह बनियाले शिक्षाको विकासको खांचो, जतिपनी स्कुल छ सबैमा सौचालय छैन,बिधालय अनुगमन गरि आवश्यकता पुरागर्न माग गर्नु भयो । उहाँले बिधालयमा शिक्षक थप गर्न ,विकास निर्माणको काममा उपभोक्ता समितिमा शिक्षक नराख्न ,कनकपुरमा बर्थिङ सेन्टर संचालन गर्न माग गर्नु भयो । गुजरामा २७ हजार महिलाको संख्या भएकाले सहजरूपमा सुत्केरी गराउन सबै वडामा बर्थिङ सेन्टर बनाउन,एम्बुलेन्स ब्यवस्थापन,सफाइ ट्याङ्की,सार्वजनिक सौचालय निर्माण, मलखाद ब्यवस्थापन,सहकारी अनुगमन,सिचाइ सुबिधा , बेमौसमी तरकारी खेती,माटो परिक्षण,न्यायीक समिति संचालन,खानेपानीको बिधुत महशुल तिर्न,खानेपानी ब्यवस्थापन,माग गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुजराका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जयसवालले गुजरा नगरपालिकालाई ग्रिन नगर बनाउमा सहयोगका लागि सबै जनप्रतिनिधिहरू लाई आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here