रौतहट, ७ असार ।
रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सोमबार देखि सिकेन्द्र साह हाजिर भएका छन् । लामो समय देखि निमित प्रशासकिय प्रमुख भई कार्य गर्दै आउनु भएका सुबास कुमार ठाकुरलाई निमितको जिम्मेबारीबाट मन्त्रालयले हटाउदैं शाहलाई पठाएको हो ।
बारा जिल्लाको देवताल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेको शाहलाई मन्त्रालयले गौर नगरपालिकाको जिम्मेबारी तोके पछि पत्र सहित हाजिर हुन आएको शाहको स्वागत नव निर्वाचित नगर प्रमुख शम्भु शाह तथा नगर उपप्रमुख सिला देवले गरेको थिए । प्रमुख प्रशासकियको हाजिर गराउने समय निमित प्रमुख ठाकुर पनि सहभागी रहेको थियो । रौतहटको दुइ पालिकामा सोमबार मन्त्रलयले प्रमुख फेरेका छन् । प्रमुख फेरेका दुवै नगरपालिकामा ने.क.पा. एकिकृत समाजवादीका नगर प्रमुख तथा उपप्रमुखहरुको जनप्रतिनीधि रहेको छन् । रौतहटको स्थानिय तहमा हाकिम परिवर्तनको शिलशिला सुरु भएको छ । यसैबिच आजै कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकिय अधिकृत साहले पालिकाका कर्मचारीहरु सँग कार्यालय सञ्चालनको विषयमा छलफल समेत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here