काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।