साउन १६,रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । चन्द्रपुर–४ मा रहेको होटल अशोकाको एक कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।May be an image of money and indoor

होटलको कोठा नम्बर ३०१ मा उनीहरू बसेर तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल रहेका जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।

त्यसैगरी सोही वडाको जयनगर टोलबाट ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय र सोही नगरपालिका–७ का ४२ वर्षीय उपेन्द्र राउत रहेको सो कार्यालयले जानकारी दिएको छ ।

Open Photoउनीहरुको साथबाट उनीहरुले खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, वाइल्ड किङ लेखिएको रातो निलो रंगको सिल प्याक तास बुक ८ थान वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।

प्रहरीले सो स्थानबाट नगद २ लाख ७९ हजार ६९० रुपैया वरामद गरेको शाहले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीका अनुसार उनीहरूले तीनपत्ती (फरास) खेलिरहेका थिए । यसरी पक्राउ परेकाहरुलाई छुटाउन ठूलो चलखेल भइरहेको श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here