साउन१,काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी छन्।
बिहीबार राष्ट्रपति भण्डारीले खातीलाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
उनलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
बाजुरा जिल्ला निवासी खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत हुन्।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।