साउन १,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुर उहाँ बिहान ९ बजेर ५७ मिनेट जाँदा बालुवाटार सर्नु हुने भएको हो ।

बालुवाटार प्रवेशका लागि यो समय उत्तम साइत रहेकोले उहाँ आज मात्रै सरकारी निवास प्रवेश गर्न लाग्नु भएको हो । उहाँ प्रधानमन्त्री नियुक्न भएपछि ४ दिन आफ्नै निवास बुढानीलकण्ठमा बस्दै आउनु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा  ओलीले भने बुधबार सरकारी निवास बालुवाटार छाड्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here