बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीकी पुष्पाञ्जली कमको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
सोही नगरपालिकाका स्थानीय खडक बमकी २३ वर्षकी श्रीमती असर २२ गते घाँस काट्न गएको बेला रुखबाट लडेर घाइते भएकी थिइन । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको हुदा बुढीगंगा नगरपालिकाका कर्मचारीबाट १ लाख दुई सय ५० र कार्यपालिका सदस्य र वडा अधक्षबाट ५० हजार गरी जम्मा एक लाख ५० हजार दुई सय रुपैँया सयोग गरेका उनका श्रीमान खडक बमले रेड टेलिभिजन लाई बताएका छन् ।
धनगढीको नित्सर्गमा उपचाररत बमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार विभिन्न संचार माध्यममा प्रकाशन भएपछि उक्त उपचार खर्च जुटेको बताए ।
उपचाररत बमले आर्थिक सहयोग गर्नै सबै सहयोगी मनहरुला धन्यबाद दिएका छन् । घाँस काट्ने क्रममा चिप्लीएर घाइते भएकी बमको मेरुदण्डको दुई ठाउँमा टुटेको निसर्ग अस्पतालका हाडजोर्नी बिषशेज्ञ डाक्टर श्रीराम खातीले बताएका छन ।
घाइते बमलाइ शुक्रबार धनगढि स्थित निसर्ग अस्पतालमा अपरेशन भएको उनका श्रीमान बमले रेड टेलिभिजन लाई बताएका छन ।
उपचार गर्दा धरै खर्च लाग्ने भएकाले आफुसंग धेरै आर्थिक नहुदा सवैले सक्दो सयोग सरिदिनहुन उपचाररत बमले अनुरोध गरेकी छन् ।