रौतहट,२० असार ।
बागमती नगरपालिकाका एक विद्यालयका ५१ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।बागमती नगरपालिका–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको हो। सो विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्राहरुलाई साइकल वितरण गरिएको बताइएको छ ।प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र सो नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले बताएका छन् ।‘मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सो छात्राहरुलाई साइकल वितरण गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here