सप्तरी ६ असार।
सप्तरीमा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका ३ कटैयामा ट्युबवेल चापाकल जडान गर्दा करेन्ट लागेर घाइते भएका सोही ठाउँका सञ्जीव लौगीको आइतबार मृत्यु भएको हो । उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको स्थानीय मिठु माझीले जानकारी दिए । करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।मृतक लौगीको शव पोस्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here