रौतहट,६ असार ।
रौतहटमा ७ ओटा अति विपन्न परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत सहयोग गरेको छ । जिल्लाको फतुवा बिजयपुर नपा वडा नं ८ निवासी हाल अष्ट्रेलियामा कार्यरत मुकेश कुमार यादवले आफनो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग उपलब्ध गराएका हुन् । सो रकमबाट निषेधाज्ञामा खानाको लागि धेरै समस्यामा परेको ७ जना अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो।जिल्लाको मौलापुर नगरपालिका वार्ड नं ७ का बिसुन्दयाल मुखिया बिन, राजपुर नपा वडा नं ६ मा बस्ने रोकशाना लहेरनी, एकल महिला तईबुन नेसार, एकल महिला सहिरा खातुन, परोहा नपा वडा नं ८ सुखिया देवी चमार, वडा नं ९ रामपुर टोलमा बस्ने दलित अपाङ्ग महिला र अर्को सोही वडामा बस्ने शारीरिक अवस्था धेरै कमजोर एवं धेरै रोगबाट ग्रसित जगत राउतलाई गरि आज ७ परिवारलाई राहत वितरण गरेको हो। उनीहरुलाई चामल २५ केजी, आलु ५ केजी, प्याज ५ केजी, दाल २ केजी, सोयाबीन १ केजी, खानेतेल २ केजी, १ पाकेट नुन, नुहाउने साबुन ६ पिस र कपडा धुने साबुन ६ पिस राहत सामाग्री पत्रकार अभिमनु कुमार पटेलले घरमै पुर्याएका हुन ।अति विपन्न, गरिब, मजदुर, असहाय, एक महिला अपाङ्ग लगायतलाई परिवारहरू लाई लकडाउनको समयमा भोकले मर्न नपरोस भनि सहयोग गरेको पटेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here