०४ असार । रौतहट । रौतहटको कटहरियामा एक विद्यालय भवनको शिलान्यास गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ५ स्थित धनलक्ष्मी प्राथमिक विद्यालयको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बिच प्रदेश २ का संसद कुन्दन कुस्वाहाले शिलान्यास गर्नु भएको हो ।

सो विद्यालयमा भवन अभावका कारण विद्यार्थीहरुको अध्ययन अध्यापनमा प्रभाव परेकोले नया भवन निर्माण गर्नु परेको विद्यालयका प्रधानाध्यापक राकेश साह सोनारले बताउनु भयो ।

कार्यक्रममा प्रदेश नं २ रौतहट क्षेत्र नं ३ (ख) का सांसद कुन्दन प्रसाद कुशवाहा , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहा, नेकपा एमालेका नगर कमिटी अध्यक्ष योगेन्द्र प्रसाद साह, कटहरिया नगर कार्यपालिका सदस्य राम प्रवेश साह सोनार, महिला वडा सदस्य सीता देवी, नेपाल सोनार समाज सेवा समितिका रौतहट अध्यक्ष जय किशोर प्रसाद साह, लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह सोनार लगायतको सहभागीतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here