गौशाला २९ जेठ ।                                              महोत्तरीमा दाजुको कुटपिटबाट भाइको मृत्यु भएको छ ।जिल्लाको लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको छ ।स्थानीय शंकर साहका अनुसार दाजुभाइ पहिला नै छुट्टिसकेका थिए । तर कुलदेवता भाइ लक्ष्मणको घरमै रहेको र सोही विषयलाई लिएर गत जेठ २६ गते महिला–महिलाबीच विवाद शुरु भएको थियो । त्यसपछि दाजुभाइबीच झगडा हुँदा रामचन्द्रको परिवार मिलेर लक्ष्मणलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।कुटपिटबाट गम्भीर घाइते लक्ष्मणलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।तर उपचारका क्रममा उनको मृत्यु भएको हो । परिवारजन शव काठमाण्डौंमा पोष्टमार्टम गरि अन्त्येष्टिका लागि शुक्रबार राति घर लिएर आएका छन् ।यता, कुटपिट गरि हत्या गरेको आरोपमा मृतकका दाई र भतिजो पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार मृततका दाई रामचन्द्र साह र भतिजो उमेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here