२५ जेष्ठ रौतहट।अखिलेश कुमार यादव । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा सदरमुकाम गौर स्थित आफ्नै घरमा काम गरिरहेको बेला चप्पल सिलिप भएर खस्दा टाउकोको पछाडिको भाग फुटे पछि हिजो गौर अस्पतालमा गैर चिकित्सकको सल्लाह अनुसार २ वटा ताका लगाई घर फर्किनु भएको जिल्ला अस्पताल गौरले बताएको छ ।

दिनरात पत्रकारहरुको सेवामा खट्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा अब केहि दिन चिकित्सकको सल्लाह अनुसार आफ्नै घरमा बस्ने भएको छ । आफु घाईते भए पनि रौतहटको पत्रकारहरुलाई कुनै समस्या भए आफु संग सम्पर्क राख्न वहाले आग्रह गर्नु भएको छ ।

अध्यक्ष झा घाईते भएको खबर सुनेर नेपाल पत्रकार महासंघ रौतहट शाखामा आबद्ध रहेका पत्रकार तथा जिल्लाको सक्रिय पत्रकारहरु वहाँको निजि निवाशमा पुगेर भेटेर वहाको स्थिति बारे जानकारी लिनुको साथै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । १ हप्ता सम्म आफु बेद रेस्ट गर्ने भएकोले पत्रकारहरु माथि कुनै समस्या आए आफु संग सम्पर्क गर्न वहाले आग्रह समेत गर्नु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here