1205778418

२२ बैशाख काठमाडौँ । कोरोना संक्रमणबाट एकै दिन ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन् । यो संख्या एकै दिन मृत्यु हुने हालसम्मकै धेरै हो ।

कोरोना संक्रमण पनि हालसम्मै धेरैमा पुष्टि भएको छ । गौतमका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट आठ हजार ६ सय पाँच र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

गौतमका अनुसार काठमाडौंमा तीन हजार आठ सय ४९, ललितपुरमा पाँच सय १८ र भक्तपुरमा चार सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट बुधबार २० हजार सात सय ५६ नमुनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय १६ जनाको एन्टिजेन परीक्षण गरिएको गौतमले बताए ।

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा चार हजार सात सय ६४ र होम आइसोलेसनमा ६१ हजार पाँच सय ८८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

एक–अर्कालाई संक्रमणको दृष्टिले हेरेर दूरी दुई मिटर कायम गर्न, मास्कको सधैँ प्रयोग गर्न र हातको सरसफाइमा सधैँ ध्यान दिन उनले अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here