२२ बैशाख । रौतहट ।अखिलेश कुमार यादव ।
रौतहट जिल्लाको सक्रिय पत्रकारहरुको लागि समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य प्रकाश भाइ मधेसियाको नेपाल पत्रकार महासंघ रौतहटलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

मधेश आन्दोलन निरन्तर आफ्नो सहभागिता देखाउदै आएको र हाल अमेरिका बसेका प्रकाश भाइ मधेसियाले पत्रकार देशको चौथो अंग भएको र आफ्नो ज्यान जोखिममा राखेर समय समयमा जनताहरु माझ खबर पुर्याउने अग्र पन्कतिमा काम गरिरहेको पत्रकारहरुको लागि कोरोना बाट बचनको लागि मास्क एवं सेनिटाइजर आफ्नो प्रतिनिधिको मार्फत नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झालाई हस्तान्तरण गरेको छ ।जिल्लामा सक्रिय रहेका प्रत्येक पत्रकारलाई ५० पिस सर्जिकल मास्क र १ पिस सेनिटाइजर वितरण गरिएको छ ।

मधेश आन्दोलनमा अग्रपंक्तिमा भुमिका खेल्नु भएका प्रकाश भाइ मदेसियाले मंगलबार जिल्लामा रहेका अति बिपन्न परिवारको लागि जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवलाई स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियो । आफु हाल अमेरिकामा बसे पनि आफ्नो जिल्लाको जनताको लागि सधै मदत गर्ने र कोरोना महामारीको बेला आवश्यक पर्ने ठप्प सामाग्री आउदो दिनमा सहयोग गर्ने प्रकाश भाई मधेसियाले बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखालाई प्रकाश भाई मधेसियाले ५०० थान सर्जिकल मास्क र १०० थान सेनिताईजर उपलब्ध गराएको नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here